Check Mail

News

दुई सयभन्दा बढी घरपरिवार विस्थापित

Posted on : Friday, 12 July, 2013

सोलुखुम्बु  - एक सातादेखि लगातार परेको वर्षासँगै आएको पहिराका कारण अत्यन्तै दुर्गम गाविस गुदेलका दुई गाउँका बासिन्दा विस्थापित भएका छन्। पहिराका कारण गुदेल–६ र ७ मा रहेको चाचालुङ गाउँका करिब दुई सय तथा गुदेल–४ र ५ मा रहेका ६० भन्दा बढी घरपरिवार आफ्नो घरमा भएका सबै सामग्री लिएर सुरक्षित ठाउँमा गोठ बनाई सरेका छन्। गत बुधबार रातिदेखि सुरु भएको पहिराका कारण चाचालुङका छ घर बगाउनाका साथै गाउँको सिरानबाट पहिरो सुरु भएपछि गाउँले गाउँबाट केही टाढा रहेको पाखामा गोठ बनाएर बसेको स्थानीयवासी डिबी कुलुङले जानकारी दिए। 

त्यस्तै, गुदेल–४ र ५ को बस्तीका ११ घरमा क्षति पुर्या एर बस्न नमिल्ने हुनाका साथै पहिराको खतरा बढेकाले त्यहाँका करिब ६० घरपरिवार सुरक्षित ठाउँ खोज्दै आफन्त तथा गोठ बनाएर बस्न थालेको स्थानीयवासी शिक्षिका तारादेवी कुलुङले जानकारी दिए। कुलुङका अनुसार गुदेल मावि पनि पहिराको खतरामा परेको छ। सदरमुकामबाट २२ कोस टाढा अत्यन्तै दुर्गम भौगोलिक स्थानमा रहेका त्यहाँका बासिन्दा पहिराका कारण ज्यान जोगाउन समस्या भएको गुनासो गर्छन्। 

बिहीबार बिहानै त्यहाँको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट गएको टोलीले क्षतिको विवरण सार्वजनिक गरेको छ। घटनामा छजनाको घरमा क्षति भएको पाइएको र जमिनमा क्षति पुगेकाले खतरा रहेको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।

12 July 2013

Source:http://nagariknews.com

INSTITUTIONAL MEMBERS

DISASTER RELATED LINKS

No events happening today.
September 2017
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30

FOLLOW ON FACEBOOK

FOLLOW US ON TWITTER

isdr isdr