Vacancy

“विपद् जोखिम न्यूनीकरणमैत्री सुशासनः 
सुरक्षीत भबिष्यकालागि हाम्रो अभियान” 

अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवश २०२० को अवसरमा 
विपद् जोखिम शुसासन सम्बन्धि निबन्ध प्रतियोगिताको लागि आहवान
 


अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवश २०२० को अवसरमा विपद् जोखिम न्यूनीकरणकालागि राष्ट्रिय कार्यमञ्च मार्फत बिभिन्न संघ संस्थाको सहयोग बाट सप्ताहब्यापी कार्यक्रमहरुको आयोजना गरिएको थियो । यसै सन्दर्भमा विपद् जोखिम न्यूनीकरणकालागि राष्ट्रिय कार्यमञ्चको सचिवालय प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (DPNet-Nepal) विपद् जोखिम शुसासन सम्बन्धि निबन्ध प्रतियोगिताको लागि यो सुचना मार्फत आवेदन आहवान गर्दछ । 
सम्बन्धन प्राप्त बिश्वबिध्यालयमा स्नातक तथा स्नातकोत्तर तह अध्यायनरत ईच्छुक बिध्यार्थीहरुले २००० शब्दमा नबढ्ने गरि “नेपालमा विपद् जोखिम शुसासन” शिर्षकमा नेपाली भाषामा निबन्ध लेखि २०७७ साल मंसिर ५ भित्र पठाउनु पर्नेछ । 

थप म्यादः २०७७ साल मंसिर १४

आबेदन प्रकृया 
ईच्छुक बिध्यार्थीहरुले नेपालमा विपद् जोखिम शुसासन शिर्षकमा निबन्ध लेखि आफु अध्ययनरत कलेजको चिठ्ठी वा परिचय पत्र सहित DPNet-Nepal को ईमेल dpnet@dpnet.org.np मा निर्धारित समय भित्र पठाउनु पर्नेछ । थप जानकाीरको लागि सचिवालयको ईमेलमा सम्पर्क गर्न सकिने छ । 
थप जानकारी

  • प्रथम, द्वितिय, तृतिय र सान्त्वना गरी ४ जनालाई क्रमै संग १५,०००, १२,०००, ९००० र ६,००० नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा कार्यरत सरोकारवाला समक्ष र्भच्वल माध्यम मार्फत आफ्नो निबन्ध प्रस्तुत गर्ने मौका दिईनेछ । 
    • प्रतियोगिताका सहभागिहरुले निम्न कुरालाई ध्यानमा राखि निबन्ध लेख्नुपर्नेछ । 
    • नेपालमा विपद् जोखिम शुसासनको अवस्था र आफ्नो बुझाई
    • नेपालमा विपद् जोखिम शुसासनकालागि नबिनत्म दृष्टिकोण
    • मौलिकता, सृजना र बिषयबस्तु केन्द्रित 

 

Apply Now